१६ जेष्ठ २०८१, बुधबार

अक्सफोर्ड युनिभर्सिटीले कोरोना भाइरस विरुद्धको खोपको घोषणा


कोरोना भाइरस विरुद्धको खोपको पहिलो परीक्षण सफल
डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

काठमाडौँ, साउन ५ । कोरोना भाइरसविरुद्ध अक्सफोर्ड युनिभर्सिटीले बिकास गरेको खोप सुरक्षित रहेको तथा इम्युन रेस्पोन्समा काम गरेको आज साँझ बिबिसीले जनाएको छ । ११०७७ जना व्यक्तिमा गरिएको दोस्रो चरणको परीक्षणमा खोपले शरीरमा कोरोना भाइरसबिरुद्धको एन्टीबोडी तथा टि सेल्स बनाउन सफल भएको जनाइएको छ ।

बेलायतले एक अरब डोज निर्माण गर्न अक्सफोर्ड युनिभर्सिटी तथा खोप निर्माता कम्पनीसंग अर्डर गरिसकेको छ । यो खोप मान्छेलाई असर नगर्ने तर चिम्पान्जीलाई संक्रमण गराउने भाइरससंग आनुबंशिक मिश्रणद्वारा तयार गरिएको अक्सफोर्ड युनिभर्सिटीले खोप निर्माणको पहिलो चरणमा बताएको थियो । यो खोपलाई कोरोना भाइरसको स्पाइक प्रोटिनलाई निष्क्रिय बनाउने विश्वास गरिएको छ ।

दोस्रो फेजको ट्रायलमा सहभागीमध्ये ९० % लाई पहिलो डोजले नै एन्टिबोडी बिकास गरेको छ भने १० % लाई दुई डोज दिनुपरेको जनाइएको छ । सहभागीमध्ये ७० % लाई ज्वरो आउने तथा टाउको दुख्ने लक्षण देखिएपनि कुनै गम्भीर पार्श्वप्रभाब नभएको अनुसन्धानकर्ताले उल्लेख गरेका छन् ।

तेस्रो तथा अन्तिम चरणको ट्रयालमा बेलायतमा १०, ०००० व्यक्तिलाई, अमेरिकामा ३०,००० व्यक्तिलाई, दक्षिण अफ्रिकामा २,००० व्यक्तिलाई र ब्राजिलमा ५,००० व्यक्तिलाई समाबेश गरिने विश्वविध्यालयले बताएको छ । यो बर्षको अन्त्यसम्म स्वास्थ्यकर्मी तथा जोखिम बर्गमा रहेका व्यक्तिलाई खोप दिने तथा अर्को बर्षको मध्यसम्म ठूलो मात्रामा वितरण भएर विश्वका अधिकांश देशमा पुर्याउने उत्पादकको दावी छ ।

*डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ, शोधकर्ता हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमण घट्नुको कारण के हो ? जोखिमलाई कसरी न्यूनीकरण गर्ने ?

काठमाडौंमा कोरोना जोखिम बढ्नुका कारणहरु र समाधानका उपायहरु : डा. रवीन्द्र पाण्डे

ढलमा कोरोना देखियो भनेर आत्तिनु पर्दैन : डा. रवीन्द्र पाण्डे

काठमाडौंको ढलमा कोरोना भाइरस देखिएको बारेमा डा. रवीन्द्र पाण्डेको धारणा

विश्व र नेपालमा कोरोना संक्रमणको अवस्था कस्तो छ ? कसरी बच्न सकिन्छ ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु