४ जेष्ठ २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ३ जना नयाँ संक्रमित


कर्णाली प्रदेश

काठमाडौं, साउन ४ । काठमाडौं उपत्यकामा आज थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज आइतवार काठमाडौं जिल्लाका १ जना र ललितपुर जिल्लाका २ जनामा कोरोना संक्रमण देखिएको छ । आज भक्तपुर जिल्लामा कुनै कोरोना संक्रमण देखिएको छैन । शुक्रवार काठमाडौं उपत्यकामा आज थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौँको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँ जिल्लामा आज १ जना र  ललितपुर जिल्लामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिनसकेको पनि बताएको छ । मन्त्रालयले संक्रमण दर कम भएकाले नै परीक्षण पनि कम भएको स्पष्ट पारेको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ३ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !