४ जेष्ठ २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ३ जना नयाँ संक्रमित


कोरोना भाइरस

काठमाडौं, साउन १ । काठमाडौं उपत्यकामा आज थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज आइतवार काठमाडौं जिल्लाका १ जना र भक्तपुर जिल्लाका २ जनामा कोरोना संक्रमण देखिएको छ । आज ललितपुर जिल्लामा कुनै कोरोना संक्रमण देखिएको छैन । हिजो बिहिवार काठमाडौं उपत्यकामा आज थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

काठमाडौँ जिल्लामा आज त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा भक्तपुर जिल्लामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिनसकेको पनि बताएको छ । मन्त्रालयले संक्रमण दर कम भएकाले नै परीक्षण पनि कम भएको स्पष्ट पारेको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका १ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !