४ जेष्ठ २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका २ जना नयाँ संक्रमित


कोरोना भाइरस

काठमाडौं, असार ३० । काठमाडौं उपत्यकामा आज थप २ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज आइतवार काठमाडौं जिल्लाका २ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो सोमवार काठमाडौं उपत्यकामा आज थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, टेकुमा गरिएको परीक्षणमा काठमाडौंका १ जना र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ९ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !