१५ जेष्ठ २०८१, मंगलबार

ढलमा कोरोना देखियो भनेर आत्तिनु पर्दैन : डा. रवीन्द्र पाण्डे


डा. रवीन्द्र पाण्डे

काठमाडौँ, असार २२ । ढलमा कोरोना देखियो भनेर आत्तिनु पर्दैन । यस्तो किसिमको परीक्षण सर्भेको लागि गरिन्छ । टाइफाइड, हैजा लगायतका रोग समुदायमा छ कि छैन भनेर पनि यो खालको परीक्षण गर्ने पुरानो बिधि हो ।

ढलमा एक्टिभ कोरोना भाइरस हुँदैन । कोरोना भाइरस जीवित कोषमा मात्र बाँच्न सक्छ । ढलको परीक्षणबाट कोरोना भाइरसका टुक्रा, भाइरसको फोहोर वा जिन देखिने हो । यसबाट मानिसमा कोरोना संक्रमण सर्दैन । ढल मिसिएको पानी खाँदा पनि कोरोना संक्रमण सरेको प्रमाणित भएको छैन ।

स्पेनको बार्सिलोनामा गत २०१९ मार्च महिनामा ढलको परीक्षणमा कोरोना भाइरस देखिएको थियो । त्यस्तै ब्राजिलमा २०१९ नोभेम्बर २७ मा गरिएको थियो । २०१९ को डिसेम्बरमा इटलीमा पनि यो परीक्षण गरिएको थियो । तर त्यो समयमा त्यहाँ कोरोना संक्रमणको महामारी फैलिएको थिएन । ढलमा देखिनेबित्तिकै महामारी हुँदैन । तर यसले के संकेत गर्छ भने समुदायमा संक्रमण छ, परीक्षण तीब्र गतिमा गर्नु जरुरी छ ।

अहिले नेपालका ७७ जिल्लामै कोरोना संक्रमण देखिएको छ । काठमाडौं लगायत सहरी क्षेत्रमा कोरोना परीक्षण एकदम न्यून छ । यो निकै ठूलो विडम्बनाको बिषय हो । तसर्थ स्वास्थ्य मन्त्रालयमा नयाँ कर्मठ टिम नभएसम्म संक्रमण बढ्दै जाने तर परीक्षण घट्दै जाने भइरहेको छ । नीजि प्रयोगशाला र त्यहाँ रहेका जनशक्तिलाई उपयोग गरेर PCR टेस्टको दायरा बढाउन सकिन्छ । यो किन भइरहेको छैन, अनुसन्धानको बिषय हो ।

हामी जनताहरु सकभर घरभित्र बसौं, बाहिर जानुपरे सहि तरिकाले मास्क, चस्मा र पंजा लगाऔं । ६ फिटको व्यक्तिगत दुरी कायम गरौँ । भीडभाडमा नजाऔं । साबुनपानीले पटकपटक हात धुने बानी गरौँ । हातले अनुहार छुने बानी त्याग गरौँ ।

*डा. रवीन्द्र पाण्डे जनस्वास्थ्य विज्ञ हुनुहन्छ ।

यो पनि पढ्नुहोस्

काठमाडौंको ढलमा कोरोना भाइरस देखिएको बारेमा डा. रवीन्द्र पाण्डेको धारणा

विश्व र नेपालमा कोरोना संक्रमणको अवस्था कस्तो छ ? कसरी बच्न सकिन्छ ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !