१४ बैशाख २०८१, शुक्रबार

प्रदेश २ मा आज थपिए कोरोनाका ११५ जना नयाँ संक्रमित


कोरोना भाइरस

वीरगञ्ज, असार २१ । प्रदेश २ मा आज थप ११५ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । योसंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ३७०८ पुगेको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार १४ जना महिला र १०१ जना पुरुष गरी कुल ११५ जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा धनुषाका २७, महोत्तरीका १२, सिराहाका २३, सप्तरीका ३५, सर्लाहीका ६, रौतहटका ११ र पर्साका १ जना छन् ।

मन्त्रालयका अनुसार अझै ३ हजार १ सय ३८ जनाको पीसीआर परीक्षणको नतिजा आउन बाँकी छ । ३ हजार ६४ जना संकास्पद संक्रमित प्रदेश २ का विभिन्न क्वारेन्टिनमा बसिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !