८ आश्विन २०८१, मंगलबार

क्वारेन्टिनमा नै छैन झुल र बत्ति


क्वारेन्टिन

साँखु, १८ असार । शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवामा रहेको क्वारेन्टिनलाई व्यवस्थित बनाउन माग गरिएको छ । त्यहाँ विगत तीन दिनदेखि बिजुली बत्ति छैन । झुल नहुँदा सुत्न निकै समस्या भएको क्वारेन्टिनमा रहनुभएका रमेश अधिकारीले जानकारी दिनुभयो ।

विदेशबाट आएका पाँच सहित उपत्यका बाहिरबाट आएका पाँच जना गरी जम्मा १० जना सो क्वारेन्टिनमा रहदै आएका छन् ।उनीहरुले अहिलेसम्म स्वास्थ्यकर्मी जाँच गर्नसमेत नआएको र पिसिआर परीक्षण गर्न माग गर्नुभयो ।

उनीहरुले विदेशबाट आएको दुई साता हुनलाग्दासमेत स्वास्थ्य परीक्षण नभएको र विनापरीक्षण घर पठाउन लागेको गुनासो गरेका छन् । बत्ति नहुँदा सम्र्पकविहीन हुनुपरेको समस्या त छँदैछ तर विनापरीक्षण घर पठाउन लागेकामा उनीहरु थप चिन्तित छन् । उनीहरुले आफ्नै खर्चमा परीक्षण गराउने व्यवस्था मिलाइदिन नगरपालिकासंँग आग्रह समेत गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !