२३ बैशाख २०८१, आइतबार

प्रदेश नं.१ मा थप ११ जना नयाँ कोरोना संक्रमित


कोरोना भाइरस

विराटनगर, १८ असार । प्रदेश नं. १ मा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चार महिला र सात पुरुष गरी ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा १० र काठमाडौँको टेकुमा गरिएको परीक्षणमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मोरङमा छ, सुनसरीमा तीन, खोटाङ र झापामा एक/एक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो सँगै प्रदेश नं. १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६१५ पुगेको छ । अहिलेसम्म ४०० जना उपचारपछि निको भएर घर फर्किएका छन् । आज देखिएका सङक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको व्यवस्थापनको काम भइरहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !