१८ बैशाख २०८१, मंगलबार

काठमाडौं उपत्यकामा आज देखियो १४ जनामा कोरोना संक्रमण


कोरोना भाइरस

काठमाडौं, असार १६ । काठमाडौं उपत्यकामा आज थप १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज मंगलवार काठमाडौं जिल्लाका १२ जना, ललितपुर जिल्लाका १ जना र भक्तपुर जिल्लाका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३१६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३५६४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ६० जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३१९४ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !