२४ बैशाख २०८१, सोमबार

सुदूरपश्चिममा थप २२८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २११४ पुग्यो


कोरोना भाइरस

धनगढी, असार १३ । सुदूरपश्चिम प्रदेशमा आज थप २२८ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या २११४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, त्रिवि शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र बीर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार आज बाजुराका ८६ जना, डोटीका ६१ जना, कैलालीका २५ जना, बैतडीका २४, अछामका १३, डडेल्धुरा र बझाङका ८/८ जना र कञ्चनपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा डोटीका १५ जना महिलाहरु र ३१ जना पुरुषहरु गरी ४६ जना, बैतडीका ६ जना महिलाहरु र १८ जना पुरुषहरु गरी २४ जना, कैलालीका २ जना महिलाहरु र ६ जना पुरुषहरु गरी ८ जना, डडेल्धुराका २ जना महिलाहरु र ६ जना पुरुषहरु गरी ८ जना, बाजुराका १ जना महिला र ३ जना पुरुषहरु गरी ४ जना, कञ्चनपुरका ३ जना पुरुषहरु, अछामका १ जना महिला र १२ जना पुरुषहरु गरी १३ जना र बझाङका ४ जना पुरुषहरु रहेका छन् ।

साथै शिक्षण अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा बाजुराका ३२ जना महिलाहरु र ५० जना पुरुषहरु गरी ८२ जनामा कोरोना पुष्टि भएको छ भने वीर अस्पतालको प्रयोगशालामा बझाङका १ जना महिला र ३ जना पुरुषहरु गरी ४ जनामा संक्रमण पुष्टि भएको छ । सोही प्रयोगशालामा डोटीका २ जना पुरुषहरुमा पनि कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज दिउसो ३:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३० जनामा कोरोना पुष्टि भएको जनाएका छन् । उनका अनुुसार डोटीका २५, कैलालीमा १७ जना, डोटीमा १३ जनामा कोरोना पुष्टि भएको छ ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा कैलालीको लम्कीचुहा नगरपालिकाका १४ जना, स्थानीय तह नखुलेका २ जना र भजनीमा १ जनामा कोरोना पुष्टि भएको छ । साथै डोटीको शिखरका ६ जनामा र डोटीकै स्थानीय तह नखुलेका ७ जनामा कोरोना पुष्टि भएको छ ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कञ्चनपुरमा ३०० जना, डडेल्धुरामा २२५ जना, डोटीमा ३४१ जना, बैतडीमा २१४ जना, अछामका १३९ जना, बाजुराका २२१ जना, बझाङमा ७९ जना र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणवाट ६ जनाको मृत्यु भईसकेको छ भने २४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !