१८ बैशाख २०८१, मंगलबार

काठमाडौं उपत्यकामा थपिए ५ जना नयाँ कोरोना संक्रमित


कोरोना भाइरस

काठमाडौँ, असार १३। काठमाडौं उपत्यकामा आज थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज शनिबार काठमाडौंका कोरोना संक्रमण देखिएकोमध्ये १ जना महिला, ४ जना पुरूष र भक्तपुर १ जना पुरूष रहेका छन् । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ५५४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२३०९ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १३६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २८३४ पुगेको छ । आज नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !