२४ बैशाख २०८१, सोमबार

स्याङ्जामा बिहानै थपिए कोरोनाका २२ जना नयाँ संक्रमित


कोरोना भाइरस

१३ असार, काठमाडौँ । गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा आज बिहानै थप २२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ७:१५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै स्याङ्जा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. शर्माका अनुसार आज शनिबार स्याङ्जाका कोरोना संक्रमण पुष्टि हुनेहरुमा अर्जुनचौपारी गाउँपालिकाका १२ महिने शिशुसहित ४१ वर्ष उमेर समूहका १३ जना पुरुषहरु रहेका छन् । सोही गाउँपालिकाकाकै १० देखि २९ वर्ष उमेर समूहका ६ जना महिलाहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै स्याङ्जाकै विरुवा गाउँपालिकाका १ जना पुरुष, पुतलीबजार नगरपालिकाका १ जना पुरुष र वालिङ नगरपालिकाका १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा आज स्याङ्जामा कोरोना संक्रमित हुने २२ जना सबै व्यक्तिहरुलाई जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !