२४ बैशाख २०८१, सोमबार

प्युठानमा आज बिहानै थपिए कोरोना भाइरसका ४७ नयाँ संक्रमित


कोरोना भाइरस (कोभिड-१९)

प्युठान, असार १३ । प्युठान जिल्लामा आज बिहानै थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै प्युठानमा कोरोना संक्रमितको संख्या २५८ जना पुगेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदीले जानकारी दिएका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा १०१ जनाको गरिएको परिक्षणमा थप ४७ जनामा कोरोना संक्रमण देखिएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा मान्डवी गाउँपालिकाका ३७ जना, झिम्रुक गाउँपालिकाका ७ जना र नौबहिनी गाउँपालिकाका ३ जना गरी ४७ जना रहेका छन् ।

आज कोरोना संक्रमित हुनेहरुको १७ वर्षदेखि ६० बर्ष उमेर समुहका ४४ जना पुरुषहरु र ३ जना महिलाहरु रहेका छन् l प्युठानमा कोरोनालाई जितेर निको भई घर फर्केका २ जना समेत गरी जम्मा कोरोना संक्रमितको संख्या २११ पुगेको छ ।

अब प्युठान जिल्लाका सबै ९ वटै स्थानीय तहमा कोरोना संक्रमण देखिएको छ र योसंगै जिल्लाभर कोरोना निको भई घर गएका २ जना समेत गरी कुल कोरोना संक्रमितको सङ्ख्या २५८ पुगेको छ ।

ब्यबस्थित बन्दाबन्दीमा सामाजिक तथा भौतिक दुरी अनिबार्य कायम गर्न, मास्कको अनिबार्य प्रयोग गर्न, समय समयमा साबुन पानीले हात धुन र सचेत, सजग र अत्यन्तै अनुशासित तथा साबधानी भई दिनु हुन स्वास्थ्य कार्यालय प्युठानले सबैमा अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !