२४ बैशाख २०८१, सोमबार

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८३८


कोरोना भाइरस (कोभिड-१९)

१३ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३८ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ७:१५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा ८ जना, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा २२ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परिक्षणमा थप २ जना गरी नयाँ ३२ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रवक्ता डा. शर्माका अनुसार गण्डकी प्रदेशका बाग्लुङमा ८ जना, स्याङ्जामा २२ जना नवलपरासी पूर्वमा २ जना मा कोरोना संक्रमण देखिएको हो ।

हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका व्यक्तिहरु आईसोलेसनमा बसिसकेका छन् भने अन्य पालिकाका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !