१२ असार २०८१, बुधबार

नवलपुरको हुप्सेकोट गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि


हुप्सेकोट गाउँपालिका
प्रिय धन
प्रिय धन

हुप्सेकोट, १२ असार । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा आज थप २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षण मा २ जनामा कोरोना पोजिटिभ भेटिएको स्वास्थ्य शाखा हुप्सेकोट का प्रमुख कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उनीहरू दुवैजना भारतबाट आई गाउँपालिका ले तयार पारेको क्वारेन्टाइन मा बसेका थिए । आज पुष्टि हुने मध्ये सरस्वती संस्कृत तथा साधारण मा वि गिरूवारीको क्वारेन्टाइन मा बसेका वर्ष ४० का पुरुष हुन भने अर्का एकजना पनि सोही क्वारेन्टाइन मा बस्ने ३६ वर्षका पुरुष हुन् । वर्ष ४० का पुरुष भारतको हरियाणा बाट सुनौली नाका हुँदै र वर्ष ३६ का पुरुष मुम्बईबाट सुनौली नाका हुँदै पालिका ले व्यवस्था गरेको गाडी मार्फत हुप्सेकोट आएका थिए ।

उनीहरू दुवै जना वडा नम्बर ३ का रहेका छन् । उनीहरू दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र प्राकृतिक चिकित्सालय रजहर को आइसोलेसन मा लैजाने तयारी भएको पनि स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउनुभयो । यो सँगै हुप्सेकोट गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ३४ पुगेको छ भने नवलपुर जिल्लामा २१२ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !