१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ४९ जना नयाँ संक्रमित


कोरोना भाइरस

धनगढी, असार ९ । सुदूरपश्चिम प्रदेशमा आज थप ४९ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. हेमराज पाण्डेले एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका छन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा कैलालीमा ४६ जना, कंचनपुरमा १ जना, बाजुरामा १ जना र बजाङ्गमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कैलालीमा थप ४६ जनामा कोरोना पुष्टि हुनेहरुमा गोदावरी नगरपालिकाका १५ महिलाहरु र २९ पुरुषहरु सहित ४४ जना र भजनीकी १९ बर्षीय महिला र कैलालीकी ४२ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।

साथै कंचनपुरमा १ जना, बाजुरामा १ जना र बजाङ्गमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ४९ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु