२० असार २०८१, बिहिबार

कोरोना भाइरसले कस्ता बिरामीलाई बढी असर गर्छ ?


कोरोना भाइरस
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नोबेल कोरोना भाइरस एक प्रकारको रूघा जस्तै हो रूघाखोकी विग्रेमा न्युमोनिया र टिबी र फोक्सोको समस्या दम आदि हुन सक्छ । यस्ता रोग लागेका व्यक्तिलाई नै कोरोना लाग्ने भएकाले सचेत हुन आवस्यक छ । नोबेल कोरोना रोग लाग्दैमा मानीस मर्दैन तर उपचार राम्रो भएमा बाच्ने सम्भावना ९८% हुन्छ ।

नआतिनुहोस् , धैर्यता अपनाउनुहोस्, भिडभाडमा नजानुहोस्, स्वास्थ्यप्रति ध्यान दिनुहोस् । प्रतिरक्षा प्रणाली सुदृढ हुने खालका पौष्टिक आहार खानुहोस् । आफ्नो खानामा एण्टिअक्सिडेण्ड प्राप्त हुने खालको खाना खानुहोस् । इम्युनो सिस्टम बलियो बनाउनुहोस् ।

रोग लाग्नुको प्रमुख कारण भनेको नै दुखित खाना खानु हो । हामीले बाहिरको खाना खाँदा आर्टिफिसिएल कलर राखेका मिठाइ पकवानबाट हमेसा टाढा रहनुपर्ने छ । बासी सडेगलेका र फ्रिजमा राखेका खाना सकेसम्म नखानुहोस् । यदि एलर्जीको रोग छ भने के कारणले एलर्जी हुने गर्दछ सवै त्याग्नुहोस् ।

स्वास्थ्य धन हो हाम्रो सानोतिनो लापरबाहीले ठूलो समस्या निम्तन सक्नेछ । लकडाउनका कारण मानिस धेरै सुरक्षित भएको हामीले महसुस गरेका छौं । अनावस्यक औषधिको सेवन चिकित्सकको सल्लाह बिना नलिनुहोस् । कुनै औषधि लामो समय लिनुपर्ने छ भने राम्रोसंग बुझेर मात्र लिने बानी बसाल्नु पर्दछ ।

मानिस हिजो बढी मर्दथे तर यो दर ह्वात्तै घटेको देखिन्छ । यस्तो हुनुको प्रमुख कारण भनेको सुरक्षित खानपिन र स्वास्थ्यमा राम्रो हेरचाह भन्न सकिन्छ । औषधि सम्बन्धि जानकार व्यक्तिको परामर्शमा मात्र औषधि लिने बानी बसाल्नु भएमा धेरै राम्रो हुनेछ ।

कुनै पनि औषधि जथाभावी सेवन गर्दा यसले पनि मानिसलाई थुप्रै अन्य रोग उत्पत्ति हुन सक्छ । यस्तो समस्या हरेक एण्टिबायोटिक मेडिसिनमा देखिन सक्छ । अन्य समस्या नदेखिनेमा आयुर्वेदिक र हर्वल औषधि लामो समयसम्म सेवन गर्दा पनि नदेखिने हुन्छ ।

आयुर्वेदिक औषधि सेयन गर्दा इम्युनो सिस्टमलाई समेत बढाउदै जाने भएकसले नियमित आयुर्वेदिक औषधि पनि एलोपैथिकसंग मिलाएर सेवन गर्ने बानी बसालौं । नोबेल कोरोनाको उपचारमा एलोपैथिक भन्दा आयुर्वेदिक उपयुक्त देखिएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार, नेपालपत्रको सल्लाहकार तथा स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !