१२ बैशाख २०८१, बुधबार

मनाङको चामे गाउँपालिकामा कार्यरत १ जना कर्मचारीमा कोरोना पुष्टि


कोरोना भाइरस

४ असार, काठमाडौँ । मनाङ जिल्लामा आज बिहान थप १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा आज बिहान थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ५:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै मनाङमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार मनाङमा जिल्लामा १ जनामा कोरोना संक्रमण देखिएको हो । मनाङको चामे गाउँपालिकामा कार्यरत १ जना पुरुष कर्मचारीमा कोरोना पुष्टि भएको छ । उनको स्थायी ठेगाना भने कपिलवस्तुको बाँणगंगा-१४ रहेको शर्माले जानकारी दिए ।

उनी सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेका छन् । उनीलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ । मनाङ जिल्लामा पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !