२२ बैशाख २०८१, शनिबार

कपिलवस्तुमा आज थपिए १० जना कोरोना संक्रमित


कोरोना भाइरस (कोभिड-१९)

कपिलवस्तु, असार ३ । कपिलवस्तु जिल्लामा आज बिहान थप १० जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६५७ पुगेको कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन् ।

सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा गरिएको परिक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि हुनेहरुमा वाडगगा नगरपालिकाका वार्ड नम्वर ८ की बर्ष ३१ का १ जना महिला, वार्ड नम्वर ९ का बर्ष ६० का १ पुरुष रहेका छन् ।

साथै शिवराज नगरपालिका वार्ड नम्वर २ की १९ बर्ष १ जना युवती, वार्ड नम्वर ४ का बर्ष ४० का पुरुष १ जना, वार्ड नम्वर ८ का बर्ष ४५ का पुरुष १ जना र वार्ड नम्वर ९ का बर्ष ३१ का पुरुष १ जना गरी ४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै बुद्द्भुमि नगरपालिका वार्ड नम्वर ७ का बर्ष १९, २२, २६ का ३ जना पुरुषहरु र वार्ड नम्वर ८ की बर्ष १८ की १ जना युवती गरी ४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !