१० असार २०८१, सोमबार

नवलपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस
प्रिय धन
प्रिय धन

कावासोती, आषाढ १ । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) को बौदिकाली गाउँपालिकामा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा २४ जनाको स्वाव परीक्षणका गरिएको २३ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ आएको हो ।

संक्रमण देखिनेमा बौदिकाली २ का २० बर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय नवलपरासी पुर्वका प्रमुख केशव प्रसाद चापागाईंले जानकारी दिए ।

उनलाई अहिले स्थानिय क्वारेन्टाइनबाट देवचुली १६ रजहरस्थित प्राकृतिक चिकित्सालय (कोरोना बिशेष अस्थायी) अस्पतालमा लैजाने तयारी भइरहेको छ । योसँगै नवलपरासी पुर्वमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !