२४ बैशाख २०८१, सोमबार

निजी प्रयोगशालाले पनि कोरोना पीसीआर परीक्षण गर्न पाउने, खर्च सरकारले व्यहोर्ने


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं, जेठ ३२ । नेपाल सरकारले निजी प्रयोगशालालाई पनि कोरोनाको पीसीआर परीक्षणका लागि स्वीकृति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा आवश्यक प्रक्रिया पूरा गरेका निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्न पाउने बताएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार सरकारले संकलन गरेको नमूना मात्रै निजीले परीक्षण गर्ने बताउँदै यसका लागि लाग्ने खर्च मन्त्रालयले व्यवस्था गर्ने बताएका हुन् । उनले भिसा तथा निरोगिताको प्रमाणपत्रका लागि पीसीआर परीक्षण गराउनु परेमा पाटन अस्पताल, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा ५ हजार ५ सय तिरेर गर्न सकिने व्यवस्था समेत गरेको जानकारी दिए ।

उनले कुनै पनि व्यक्तिले बाहिर यात्रा गरेर आउँदा संक्रमणको जोखिम रहेपनि कोरोना परीक्षण नै गरि हाल्नुपर्ने व्यवस्था नभएको बताउँदै जोकोहीलाई परीक्षण गर्दा स्रोत साधनको दुरुपयोाग हुने सक्ने बताएका छन् । उनले सर्वसाधाराणलाई अत्यावश्क नपरे यात्रा नगर्न आग्रह गरे । सरकारले पीसीआर परीक्षणका लागि निजी प्रयोगशालालाई प्रति पीसीआर परीक्षण शुल्क ५ हजार ५ सय भुक्तानी गरिदिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !