१४ बैशाख २०८१, शुक्रबार

झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस (कोभिड-१९)

१४ जेठ, विराटनगर । झापा जिल्लामा थप १७ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार दिउँसो १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कचनकवल गाउँपालिकामा १५ जना र गौरदह नगरपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज १७ जना थपिएसंगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ भने २ जना डिस्चार्ज भइसकेका छन् ।

साथै प्रदेश १ मा संक्रमितको संख्या १०४ पुगेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु