१४ बैशाख २०८१, शुक्रबार

सुर्खेतमा आज बिहान १२ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस (कोभिड-१९)

१३ जेठ, काठमाडौं । सुर्खेतमा आज बिहान थप १२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले आज बिहान एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको पुष्टि गरेको छ । आज मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा १ महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा २/२ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

सो मन्त्रालयका अनुसार वीरेन्द्ररनगर नगरपालिका-१ का १६ वर्षीय किशोर १ जना, सोही नगरपालिका-२ का ३२ वर्षीय महिला १ जना र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षीय पुरुषहरु, वडानम्बर ३ मा ४६ वर्षीय पुरुष १ जना र वडानम्बर ६ मा २६ वर्षीय युवक १ जनामा कोरोना पुष्टि भएको छ ।

साथै सामाजिक विकास मन्त्रालयका अनुसार पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका-८ मा १६ र १७ वर्षीय पुरुषहरु २ जना र सिम्ता गाउँपालिका-४ मा ३५ र ४९ वर्षीय पुरुषहरु २ जनामा पनि कोरोना पुष्टि भएको जनाएको छ ।

योसँगै सुर्खेतमा संक्रमितको संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा २३ पुगेको मन्त्रालयले जनाएको छ । नयाँ पुष्टि भएका सबै संक्रमित भारतबाट आएका हुन् । मन्त्रालयका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !