२१ बैशाख २०८१, शुक्रबार

नेपालमा ३७ जनाले जिते कोरोना, कोशी अस्पतालमा उपचाररत १ जना आज घर फर्किए


विराटनगरका ६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्कने

काठमाडौँ, ६ जेठ । नेपालमा आज १ जना कोरोना भाइरस (कोभिड-१९) को उपचारपछि निको भएर डिस्चार्ज भई घर फर्किएसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् ।

आज मंगलबार घर फर्किनेमा विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत झापाका ६२ वर्षीय १ जना पुरुष रहेका छन् । उनी अस्पतालमा भर्ना भएको २५ औ दिनमा डिस्चार्ज भएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमित भएर निको हुनेको संख्या ३७ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । संक्रमित ४०२ मध्ये ३४० पुरुष र ६२ महिला छन् । गुल्मीका कोरोना संक्रमितको १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना गरी २ जनाको कोरोना भाइरसको संक्रमणवाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ४०२ पुग्यो, आज थपिए कोरोनाका नयाँ २७ संक्रमित

नेपालमा ३६ जनाले जिते कोरोना, कोशी अस्पतालमा उपचाररत १ जना आज घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !