२३ बैशाख २०८१, आइतबार

नेपालमा संक्रमितको संख्या ४०२ पुग्यो, आज थपिए कोरोनाका नयाँ २७ संक्रमित


डा. विकास देवकोटा

६ जेठ, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित प्रेस ब्रिफिंग गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाको अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, सर्लाही, मकवानपुर, रामेछाप, सिन्धुली, लमजुङ, कपिलवस्तु र नवलपरासी गरी १३ जिल्लामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार आज मंगलबार काठमाडौंमा ३ जना, भक्तपुर र ललितपुरमा १/१ जना, झापामा ९ जना, मोरङ र सुनसरीमा १/१ जना, सर्लाहीमा २ जना, मकवानपुर र रामेछाप, सिन्धुली र लमजुङमा १/१ जना कपिलवस्तुमा ४ जना र नवलपरासीका १ जना गरी जम्मा २७ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका २७ संक्रमितहरुमा २४ पुरुष र ३ महिला रहेका छन् भने उनीहरु १७ देखि ४२ वर्ष उमेर समूहका छन् । उनीहरुको कन्ट्रयाक ट्रेसिङको काम सुरु भएको डा. देवकोटाले जानकारी दिए । नयाँ संक्रमित काठमाडौं भक्तपुरदेखि झापासम्मका छन् ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ३७५ थियो भने आज ३७ जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । संक्रमित ४०२ मध्ये ३४० पुरुष र ६२ महिला छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमण ३६ जिल्लामा फैलिएको छ ।

नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ३७ पुगेको छ । गुल्मीका कोरोना संक्रमितको १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना गरी २ जनाको कोरोना भाइरसको संक्रमणवाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो, आज राती फेरि थपिए कोरोनाका नयाँ १८ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !