१५ बैशाख २०८१, शनिबार

नेपालमा संक्रमितको संख्या २१७५० पुग्यो, आज थपिए कोरोनाका नयाँ ३६० संक्रमित


प्रा. डा. जागेश्वर गौतम

साउन २२, काठमाडौँ ।  नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३६० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६२२ जनामा गरिएको पिसीआर परीक्षण गर्दा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा सक्रिय संक्रमितको सङ्ख्या भने ६२९६ रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २३३ जना उपचारपछि निको भएका छन् भने नेपालमा हालसम्म १५ हजार ३८९ जना उपचारपछि निको भएका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप पाँच जना व्यक्तिको निधन भएको छ । मृत्यु हुनेमा मोरङका ४५/४५ वर्षीय २ जना पुरुष, सर्लाहीका ६५ वर्षीया महिला, धनुषाका ७२ वर्षीया महिला र सप्तरीका ४२ वर्षीय पुरुषको निधन भएको हो । उनीहरु सबैको निधन साउन २१ गते भएको हो । यससँगै कोरोना भाइरसबाट निधन हुनेको सङ्ख्या ६५ पुगेको छ ।

त्यसैगरी काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ८७ जना कोरोना सङ्क्रमति थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा ७६, ललितपुरमा १० र भक्तपुरमा एक जना व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौँ उपत्यकालगायत अन्य बाक्लो बस्ती भएको ठाउँमा सङ्क्रमणको दर बढेकाले अस्पतालमा बेड उपकरण र स्वास्थ्यकर्मी अभाव हुन सक्ने भएकाले सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् । उनले कोरोनाको औषधि पत्ता नलागिसकेको भन्दै सबै अस्पतालले चिकित्सकलाई सिफ्ट अनुसार मिलाएर काम गराउन आग्रह गरे ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या २१३९० पुग्यो, आज थपिए कोरोनाका नयाँ ३८१ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु