१४ बैशाख २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ६२ जना नयाँ संक्रमित


कोरोना भाइरस

काठमाडौं, साउन २० । काठमाडौं उपत्यकामा आज थप ६२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ४८ जना, ललितपुर जिल्लाका १ जना र भक्तपुर जिल्लाका १३ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौँ जिल्लामा आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरिएको परीक्षणमा ३८ जना, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौँमा गरिएको परीक्षणमा ५ जना, स्टार अस्पताल सानेपा ललितपुरमा गरिएको परीक्षणमा २ जना र बीआइडिएच ल्याब काठमाडौंमा गरिएको परीक्षणमा ३ जना गरी ४८ जनामा कोरोना संक्रमण देखिएको हो ।

साथै ललितपुर जिल्लामा आज स्टार अस्पताल सानेपा ललितपुरमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै भक्तपुर जिल्लामा आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरिएको परीक्षणमा ११ जना, प्रहरी अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा १ जना र नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा १ जना गरी १३ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ५१ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !