११ बैशाख २०८१, मंगलबार

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ५१ जना नयाँ संक्रमित


कोरोना भाइरस

काठमाडौं, साउन १९ । काठमाडौं उपत्यकामा आज थप ५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ४३ जना, ललितपुर जिल्लाका ३ जना र भक्तपुर जिल्लाका ५ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौँ जिल्लामा आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरिएको परीक्षणमा ८ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौँमा गरिएको परीक्षणमा १७ जना, वीर अस्पताल काठमाडौँमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

साथै काठमाडौँ जिल्लामा आज त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौँमा गरिएको परीक्षणमा १ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा ५ जना, प्रहरी अस्पतालमा गरिएको परीक्षणमा २ जना, स्टार अस्पताल सानेपा ललितपुरमा गरिएको परीक्षणमा ५ जना र वीरेन्द्र अस्पताल छाउनीमा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण देखिएको हो ।

साथै ललितपुर जिल्लामा आज स्टार अस्पताल सानेपा ललितपुरमा गरिएको परीक्षणमा १ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै भक्तपुर जिल्लामा आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरिएको परीक्षणमा १ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ३१ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !