२२ बैशाख २०८१, शनिबार

कपिलवस्तुमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८०६ पुग्यो


कोरोना भाइरस Print

कपिलवस्तु, साउन २० । कपिलवस्तु जिल्लामा आज दिउसो थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ८०६ पुगेको कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा कृष्णनगर नगरपालिकाका ४ जना पुरुषहरु र १ जना बालिका रहेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको नमुना परीक्षणमा सबै ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

Random Sampling Techniques द्वारा साउन १८ गते कृष्णनगर नगरपालिकाबाट कुल १३३ नमुना संकलनमध्ये ५ पोजेटिभ, ११९ नेगेटिभ र ९ नमुनाको रिपोर्ट आउन बाँकी छ । यो सबै नमुना समुदायबाट संकलन गरिएको हो ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमध्ये कृष्णनगर नगरपालिका-२ का २१ र २५ वर्षीय पुरुषहरु २ जना, वाड न. ८ का बर्ष १२ का पुरुष १ जना र ६ बर्षकी बालिका १ जना र वाड न ११ का बर्ष ४० का पुरुष १ जना रहेका कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !