१४ बैशाख २०८१, शुक्रबार

चर्चित बलिउड अभिनेता अमिताभ बच्चनमा कोरोना पुष्टि, अस्पताल भए भर्ना


नेपालमा अहिलेसम्म ८०११ जनाले जिते कोरोना, थप १२० जना घर फर्किए

एजेन्सी, असार २७ । चर्चित बलिउड अभिनेता अमिताभ बच्चनमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । उनले कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको बताएका छन् ।

‘ममा कोेरोना पोजेटिभ देखिएको छ, हस्पिटलमा सिफ्ट भएको छु,’ अमिताभले ट्वीटर तथा फेसबूक मार्फत जनाएका छन् । मुम्बईको एक अस्पतालमा उनको कोरोना परीक्षण गरिएको थियो ।

अमिताभको परिवार र स्टाफको कोरोना परीक्षण गरिएको छ । उनीहरुको नतिजा अझै नआएको बच्चनले जनाएका छन् । उनको ट्वीटपछि बलिउड सेलिब्रेटी र फ्यानले स्वाथ्य लाभको कामना गरेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !