१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशका ९०४ जना घर फर्किए, संक्रमित हुनेभन्दा निको हुनेको संख्यामा धेरै


घर फर्किए

धनगढी, असार २३ । सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पताल र क्वारेन्टिनबाट ९०४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्केका छन् । संक्रमित पुष्टि हुनेभन्दा निको भएर घर जानेको संख्या निकै बढेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा सोमवार साँझ जानकारी दिएका छन् ।

उनका अनुसार हिजो सोमबार प्रदेशका बिभिन्न अस्पतालबाट २४२ जना संक्रमित निको भएपछि घर जानेको संख्या ९०४ पुगेको हो । बझाङ्गबाट १०, अछाम बाट १५, बैतडी अस्पतालबाट २४२ जना संक्रमित निको भएर घर गएका छन् । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म सबैभन्दा बढि बैतडीका २५२, डडेल्धुराका १८८, डोटीका, १५७, कञ्चनपुरका १०२ र कैलालीका ९६ जना संक्रमितलाई अस्पताल र क्वारेन्टिनबाट डिस्चार्ज गरिएको छ ।

साथै अछामबाट ६०, बझाङबाट ३४, दार्चुलाबाट १३ र बाजुराबाट २ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ । कतिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन् ।

यस्तै सुदूरपश्चिम प्रदेशका १०१ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने झण्डै २९०० जना संक्रमति भने क्वारेन्टिन र घरमै रहेका छन् । मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा ४२, मालाखेती अस्पतालमा २०, महाकाली अस्पतालमा १३, सेती अस्पतालमा १२, अछाम अस्पतालमा १०, डोटी र बाजुरा अस्पतालमा २/२ जना गरी १०१ जनाको उपचार भईरहेको छ ।

सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भईसकेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या ३६९१ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु