२१ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा आज २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३४८


कोरोना भाइरस

५ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान फेरि थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६ :०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा २ जना, बागलुङमा १४ जना, कास्कीमा ६ जना र स्याङजामा २ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबै भारतबाट फर्किएको हुन् र सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेका छन् । उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !