७ बैशाख २०८१, शुक्रबार

स्वास्थ्यको लागि दालचिनीको प्रयोग गर्नुका फाइदाहरु


दालचिनी

दालचिनी स्वादमा कडा खालको मिठो स्वादमा हुन्छ । यसलाई मसलाको रूपमा प्रयोग गरिन्छ । दालचिनीका गुण दिपन, पाचन, मुत्रल, कफ नाशक, स्तमभन गुणले भरिएको जडिबुटी अन्तर्गत पर्दछ । सहि तरिकाले प्रयोग गराउन सके लिभर र स्मरण शक्ति बढान समेत बेजोड छ ।

हाम्रो भान्सामा यो जडिबुटी सदियौदेखि विद्यमान छ । यो जस्ता अन्य जडिबुटि पनि छन् त्यस बारेमा हरेकले जान्ने प्रयत्न गर्नुपर्छ र मात्र हामीले स्वास्थ्य लाभ लिन सक्नेछौं । स्वस्थ रहन हाम्रो भान्सा नै डाक्टर हो भन्दा खासै फरक छैन ।

दालचिनीका फाइदा (Health Benefits of Cinnamon) दालचिनीबाट मानव स्वास्थ्यमा थुप्रै फाइदाहरू उठाउन सकिन्छ । यसको प्रयोगबाट पाचन विकारमा राम्रो फाइदा गर्दछ। Cough and Cold मा लाभदायक छ, स्त्री रोगमा फाइदा गर्दछ, खानाको स्वादमा वृद्धि गर्दछ ।

हामीले प्रयोग गर्न नजान्दा दरदरको ठोकर खादै छौं हाम्रो भान्सा हाम्रो लागि हस्पिटल नै हो भन्दा खासै फरक छैन । हामीले पहिलो उपचार भान्साबाटै शुरु गर्ने बानी बसाल्नु पर्छ । हाम्रा पुर्खाहरू वैज्ञानिक रहेछन् उनीहरुको मार्गमा हामी हिड्न जानेनौं । आज हामीले सहि तरिकाबाट प्रयोग गर्न नजान्दा प्रयोगविहिन भएका छौं ।

हाम्रो भान्सामा हुने मेथी, जीरा,धनिया, ल्वाङ, सुकमेल, दालचिनी, अदुवा, प्याज, लसुन, हरियो खुर्सानी र काचै खानेमा पुदिना, धनिया, टमाटर, पत्तागोभी, मुला जस्ता थुप्रै खाद्य छन् जसलाई सहि तरिकाले खाने गरेमा यसबाट हामीले थुप्रै फाइदा उठाउन सक्ने छौं तर यसका लागि राम्रो जानकारी हुन आवश्यक छ ।

प्रकृतिको नियम मुताविक यदि हामीले पालना गर्छौं भने मलाई लाग्छ हामीले दरदरको ठोकर खानुपर्ने थिएन । खाना खादा नबोल्नु हात मिचि-मिचि धोएर मात्र खाना खाने सरसफाईमा विषेश ध्यान पुर्याउने दबाएर खाना नखाने जस्ता नियम पालना गर्न सके हामीलाई कुनैपनि रोग नलाग्न सक्छ ।

स्वादको चक्करमा हामीले आफ्नो स्वास्थ्य समाप्त पार्दै छौं । कुनै पनि वस्तुको राम्रो जानकारी नहुँदा मानिसले दु:ख भोग्ने गरेको हामी पाउछौं । हामीले पहिलो प्राथमिकता खानालाई दिन सक्नुपर्छ । मुलाकै कुरा गरौं मुला जण्डिसको उत्कृष्ट औषधि मानिएको छ ।

जण्डिस भएकाहरूले डाक्टर कहाँ जानुअघि १ माना मुलाको पातको रसमा ४ चमच मोटो चिनि राखेर दिनमा एकपटक खान दिनुस् जण्डिस निको हुन्छ । हाम्रो भान्सालाई क्लिनिकको रूपमा ढाल्न सक्नुहुन्छ ।

जस्तै मसला अनुसारको डब्बा ल्याउनुहोस् र डब्बा बाहिर लेबलमा धनियाँ फाइदा के के भनेर लेख्नुहोस् यसरी नै क्रमश: सबैमा लेख्दै जानुहोस् र प्रयोग गर्दै जानुहोस् र हेर्नुहोस् हजुर नै भान्साको डाक्टर बन्नु हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !