७ पुस २०८१, आइतबार

जडिबुटी मान्छेले मात्र होइन पशुले पनि खान्छन्


कुकुर
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

एकपटक मेरो घरकै घटना हो । कुकुरलाई खाजासंग मासु खान दिएको उसले चौरतिर जान लागेको देखेर म पनि पछि लागे अलि पर पुगेपछि उसले दुबो खाना थाल्यो दुबो खाएको केहि समयमा उसलाई उल्टि भयो खाएको सवै फाल्यो र उ ठिक भयो ।

जंगलको नजिक एकजना बाबाले कुटि बनाउनु भएको थियो त्यो कुटीलाई बाँदरले भत्काउदो रहेछ दिक्क भएर एकदिन संखिया भन्ने विष खिरमा राखेर बाँदर आउने ठाउँमा राखि दिइयो तर बाँदरले खाएनन् अन्तम बुढो बाँदरले हरियो लठठी हातमा लिएर आएर लठ्ठिले खिर चलायर खान थाल्यो ।

यो देखेपछि सवै बाँदरले खिर खाए जाने बेलामा बाँदरले नजीकको फोहरमा लठ्ठि फालेर गए यो दृष्य देखेका ती व्यक्तिले त्यो डाठबारे सोधपुछ गर्दा अरडीको हांगा रहेछ । अरंडीको हाँगालाई विशालु खानामा डुबाउनाले विष हटाउन सक्ने कुरा प्रमाणित भएको थियो ।

प्रकृतिले अनुपम उपहार हामीलाई दिएको छ तर हामीले फाइदा उठाउन सकेनौं । एकपटक जंगलको बाटो हुदै जान लाग्दा बाटोमा सर्प र न्याउरो मुसो लडी रहेका रहेछन यो देखेपछि कसले जित्ला भनेर हेर्दै गर्दा न्याउरो मुसा लड्दै अलिपर पुग्दै केहि खादै आउदै लड्दो रहेछ ।

अन्तमा सर्पलाई मारेर जंगलतर्फ लागेछ । यो दृष्य समाप्त भएपछि मुसाले खाने गरेको औषधि हेर्न जाँदा त गुम्बा झार रहेछ । यो झार सर्पले टोक्दा खान र प्रयोग गर्न सके सर्प विष भाग्दो रहेछ । यसरी मानिस भन्दा पशु धेरै चलाख देखिन्छ । पशुहरूमा पनि वैद्य भएको यो घटनाले पुष्टि गर्दछ ।

हामीले यो जस्ता अनेकौं जडिबुटी हाम्रो वरिपरि छन् तर हामीले यस्ता जडिबुटी प्रयोग गर्न सकि रहेका छैनौं । यस्ता जडिबुटीबाट उपचार गर्ने तरिकाको विकास हुन सके ठूलो उपलब्धि हुने देखिन्छ । आज स्वास्थ्य क्षेत्रमा पैसा कमाउने होड चलेको छ ।

आयुर्वेद डाक्टरहरूले उत्पादन गरेका औषधि मात्र लेख्ने गर्नाले पनि सायद जडिबुटी उपचारपछि परेको हुन सक्छ । चाहे जे होस् हामीले समय समयमा जडिबुटी सम्बन्धित सेमिनार र गोष्टीको आयोजना गर्दै अघि बढ्न सकेमा ठुलो उपलब्धि हुने देखिन्छ ।

यसरी लगाएको सेमिनारमा जडिबुटीका फाइदा वेफाईदाबारे सर्बसाधार्णले समेत फाइदा उठाउन सक्ने देखिन्छ । नेपाली भुभागमा भएका अनगिन्ती जडिबुटी खेर जानबाट समेत रोकिन सक्छ । जडिबुटी सम्बन्धी काम गर्न चाहनेहरूलाई हामीले प्रोत्साहन दिदै छौं भन्दा खासै फरक छैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !