१४ बैशाख २०८१, शुक्रबार

नवलपरासीको मध्येविन्दुमा युवाले गरे बजार सरसफाई


मध्येविन्दुमा युवाले गरे बजार सरसफाई

चैत्र १६, नवलपरासी । नवलपरासी जिल्लाको मध्येविन्दु नगरपालिकामा आज युवा र खानेपानी उपभोक्ताको संयुक्त प्रयासमा बजार सरसफाई भएको छ । वास्तवमा सफाई जहाँ छ त्यहाँ रोग लाग्दैन भन्ने सन्देश नै नोबेल कोरोना भाइरसले दिएको छ ।

चोरमारा बजारलाई सफाईमा राख्न युवाको ठूलो हात छ । युवा जागे देशको कायापलट हुन सक्छ यसमा दुईमत छैन । आज युवा पछि बस्नाले नै देश पछि पर्दैछ । देशमा भ्रष्टाचार बढ्नुको पछि सवैभन्दा कमजोर पक्ष भनेकै युवाको छ ।

देश विकासमा युवा जाग्न सके परिवर्तन निश्चित छ । आज युवाहरू लागुऔषध खाने जस्ता क्रियाकलाप गर्नाले देशमा ठूलो असर पुगेको देखिन्छ । युवा जागे देश बन्छ । रोग लाग्छ, डराएर सम्भव छैन । रोगको उपचार औषधि हो । कामले काम सिकाउछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !