१३ बैशाख २०८१, बिहिबार

क्वारेन्टाइन र आइसोलेसनमा के फरक छ ?


क्वारेन्टाइन र आइसोलेसन

कोराना भाइरससँग सम्वन्धित शब्दहरु क्वारेन्टाइन र आइसोलेसनमा के फरक छ ? विश्व अहिले कोभिड-१९ कोरोना भाइरसको संक्रमणवाट त्रसित छ । कोराना भाइरसको संक्रमण नहोस् भन्नका लागि केहि सावधानीहरु अपनाउनु जरुरी हुन्छ । कोराना भाइरससँग सम्वन्धित शब्दहरु होम क्वारेन्टाइन र आइसोलेसनको फरकको बारेमा तल चर्चा गरिन्छ ।

क्वारेन्टाइन

कोरोना भाइरस संक्रमित क्षेत्रबाट आएका व्यक्तिहरुले क्याम्पभित्रै बस्ने र समाजको दुरीमा रहेर बस्नुलाई क्वारेन्टाइन भनिन्छ । संक्रमणको सम्भावित व्यक्तिहरु आफैं घरमा छुट्टै बस्ने प्रक्रिया ‘होम क्वारेन्टाइन’ (घरमै एकान्तबास) हो भने निश्चित स्थानमा छुट्टै बस्ने प्रक्रिया ‘सेल्फ क्वारेन्टाइन’ हो । जसमा अन्य सदस्यहरुसंग दुरी बढाइन्छ र मास्क लगाइन्छ । साबुन पानीले लगातार हात धुने जस्ता कार्य पर्दछन् । त्यस्तै होम क्वारेन्टाइनमा क्वारेन्टाइनमा बस्ने व्यक्तिले परिवारका अन्य सदस्यहरुले प्रयोग गर्ने सामाग्रीलाई प्रयोग गर्नुहुँदैन् । क्वारेन्टाइनमा बसेका व्यक्तिले प्रयोग गरेका सामाग्री समेत अन्य सदस्यले प्रयोग गर्नुहुँदैन । मोबाइल साट्ने गर्नुहुदैन भने टिभीको रिमोर्ट पनि सकेसम्म नछुने जस्ता कार्यहरुमा ध्यान दिनुपनुपर्छ ।

सकभर शौचालय पनि एउटै प्रयोग गर्नुहुँदैन। एउटै प्रयोग गर्नुपर्ने अवस्थामा प्रयोग गरिसकेपछि पूर्ण रुपमा डिस्इन्फेक्ट गर्नुपर्ने हुन्छ । क्वारेन्टाइनमा बसेको अवधिभर (अहिले भनिएको १४ दिन) घरबाट बाहिर निस्कनु हुँदैन। समाजमा घुलमिल हुनबाट टाढा बस्नुपर्ने हुन्छ । होम क्वारेन्टाइनको प्रचलन सामाजिक दुरी बढाउनकै लागि भएको हो । यसले संक्रमितबाट स्वस्थ मानिसमा संक्रमण सर्ने सम्भावना हुँदैन । क्वारेन्टाइनमा बस्ने क्रममा संक्रमणका लक्षणहरु देखा परे स्वास्थ संस्थामा स्वास्थ्य जाँच गराउनुपर्ने हुन्छ ।

आइसोलेसन

रोग ग्रस्त क्षेत्रबाट आएका व्यक्तिहरुलाई कोरनाको कुनै पनि लक्षण देखिएमा निश्चित अवधिसम्म छुट्टै राख्ने प्रक्रिया आइसोलेसन भनिन्छ । संक्रमित व्यक्तिलाई निश्चित अवधिसम्म छुट्टै राख्ने प्रक्रिया आइसोलेसन हो । आइसोलेसन प्राय: अस्पतालमा राखिन्छ । जुन मानिसको नमुना संकलन गरी कोभिड-१९ को परिक्षण गरिन्छ र रिपोर्ट नआउँदा र यदि पोजेटिभ आएमा उपचार गरेर राखिने ठाउँ आइसोलेसन वार्ड हो । यो वार्ड पूर्ण रुपमा अन्य व्यक्तिको पहुँच हुँदैन । आइसोलेसनमा व्यक्तिबाट अर्को व्यक्तिमा सम्पर्क कम हुन्छ भने जहाँ अक्सिजनको सुविधा हुन्छ । जुन अस्पतालमा तालिम प्राप्त चिकित्सकहरु उपलब्ध छन् र त्यहाँ पनि कोभिड-१९ को लक्षण देखा परेका व्यक्तिहरुलाई आइसोलेसनमा राख्न सकिन्छ ।

यो पनि पढनुहोस्

चीनको वुहानमा डिभोर्सको घटना बढे

नोबेल कोरोना भाइरसका कारण डाक्टर जोखिममा

नोबेल कोरोना भाइरसबारे छोटो उपयोगी जानकारी

कुन रक्त समूहका मानिसलाई कोरोनाको जोखिम बढी ?

कोरोना भाइरसका राम्रा पक्ष र मानव स्वास्थ्यमा यसको असर

कोरोना भाइरसको उपचारमा असुरो साबित भएको छ उपयोगी औषधि

कोरोना भाइरसको भविष्यवाणी गर्ने व्यक्ति को हुन् र कहिले भएको थियो ?

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !