१३ बैशाख २०८१, बिहिबार

कुन रक्त समूहका मानिसलाई कोरोनाको जोखिम बढी ?


रक्त समूहका मानिसलाई कोरोनाको जोखिम बढी

कुन रक्त समूहका मानिसलाई कोरोनाको जोखिम बढी ? विश्व अहिले कोभिड-१९ कोरोना भाइरसको संक्रमणवाट त्रसित छ । अहिले यो लेख तयार पर्दासम्म संसारमा २२०३४६ जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ भने ८९८७ जनाको मृत्यु भई सकेको छ । सामान्यतया पाका उमेरका मानिसलाई बढी जोखिम हुने भएपनि कुन रक्त समूहका मानिसलाई बढी जोखिम हुन्छ भन्ने बारेमा चर्चा गर्नेछौ ।

मानिसको रगतको आधारमा कोरोना भाइरस संक्रमण फरक हुने चिनियाँ अनुसन्धानले देखाएको छ । पछिल्लो अध्ययन अनुसार ए ब्लड ग्रुप भएका मानिसलाई कोरोना भाइरसको प्रभाव धेरै पर्ने र ओ ब्लड ग्रुप भएका मानिसहरुलाई कम प्रभाव पार्ने देखिएको छ ।

पहिलो पटक कोरोना भाइरस देखिएको चीनको वुहानमा गरिएको एक अध्ययन अनुसार चीनमा मृत्यु हुने अधिकांश मानिसहरु ए ब्लड ग्रुप छन् । साउथ चाइना मर्निङ पोष्टका अनुसार पनि वुहानमा भाइरस संक्रमित हुने र भाइरसको लक्षण देखिने धेरै मानिसहरु ए ब्लड ग्रुप देखिन्छन् । ओ ब्लड ग्रुपका मानिसहरु कम संक्रमित भएको अनुसन्धानले जनाएको छ ।

वुहानमा भाइरसका संक्रमित हुने २०६ जनाको रगत परिक्षण गर्दा ६३ प्रतिशत ए ब्लड ग्रुपका थिए भने ५२ प्रतिशत ओ ब्लड ग्रुप भएको पाइएको छ । ओ भन्दा ब्लड ग्रुप ए भएका मानिसहरु बढी भाइरस संक्रमितपछि मृत्यु भएको अनुसन्धानले देखाएको छ । ए ब्लड ग्रुप भएका मानिसहरुले संक्रमण हुनबाट बच्‍न थप सावधानी अपनाउनुपर्ने अधिकारीहरुले बताएका छन् । तर ओ ब्लड ग्रुपका मानिसहरुमा कोरोना संक्रमण हुने कम मात्र जोखिम रहेको जनाएका छन् ।

अहिले अमेरिकामा ४४ प्रतिशत मानिसको ब्लड ग्रुप ओ छ भने ४१ प्रतिशतको ए छ । १ करोड १० लाख मानिस रहेको वुहानमा ब्लड गु्रप ओ भएका मानिस ३२ र ए का ३४ प्रतिशत छन् । यो अध्यनन बेइजिङ, वुहान, सांघाइ र सेन्जेन सहरका डाक्टर र वैज्ञानिकहरू मिलेर गरेका हुन् ।

यो पनि पढनुहोस्

चीनको वुहानमा डिभोर्सको घटना बढे

नोबेल कोरोना भाइरसका कारण डाक्टर जोखिममा

नोबेल कोरोना भाइरसबारे छोटो उपयोगी जानकारी

कोरोना भाइरसका राम्रा पक्ष र मानव स्वास्थ्यमा यसको असर

कोरोना भाइरसको उपचारमा असुरो साबित भएको छ उपयोगी औषधि

कोरोना भाइरसको भविष्यवाणी गर्ने व्यक्ति को हुन् र कहिले भएको थियो ?

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !