१२ बैशाख २०८१, बुधबार

कोरोना भाइरसका राम्रा पक्ष र मानव स्वास्थ्यमा यसको असर


कोरोना भाइरस
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

कोरोना भाइरसका राम्रा पक्ष र मानव स्वास्थ्यमा यसको असर । विगतका पानालाई पल्टाएर हेर्दा मानिसहरूले सफाईमा त्यति ध्यान दिने गर्दैनथे तर अहिले डरले गर्दा सफाइमा बस्नुपर्छ भन्ने सन्देश सबैमा छरेको छ । हिजो हामीले मान्यजनलाई हात मिलाएर स्वागत गर्दथे तर अहिले नमस्ते नै सबैभन्दा राम्रो सन्देश हो भन्ने लागेको छ ।

आज हामीले धर्म संस्कृति सवै समाप्त पार्दैछौं । मान्यजनको सम्मान गर्न छोडेका छौं । जे मन लाग्छ त्यही खादै हिडेका छौं । हामीले रोगलाई आफै निमन्त्रणामा राखेका छौ । जब सम्म हाम्रो सोचलाई परिवर्तन गर्न सक्दैनौं चाहेर पनि यस्ता रोगबाट हामी बच्न सक्ने छैनौं । रोग खास गरी लापरबाहीबश आउने गरेको हुन्छ । यस्ता रोगले पहिले पनि दु:ख नदिएको भने होइन ।

अहिले भन्दा सन् १९१८ को विश्वव्यापी इन्फ्लुएन्जा महामारी सकिएको ठ्याक्कै १०० वर्षपछि अहिले हामी इन्फ्लुएन्जाको अर्को महामारीको संघारमा छौं । त्यति बेलाभन्दा अहिले सूचनाको प्रवाह अत्यन्त तीव्र छ, तर यस क्रममा सहीसँगै गलत सूचना पनि प्रवाह भइरहेका छन् ।

त्यसैले खास गरी आम नागरिकका लागि कोरोना भाइरस संक्रमण (कोभिड-१९) र महामारीबारे सही सूचनाको महत्त्व अहिले पनि त्यत्तिकै जरूरी छ । चीनभित्र भन्दा बाहिर धेरै नयाँ संक्रमित देखिन थालेसँगै चीन र सीमित अरू देशमा मात्रै संक्रमण रोकिने सम्भावना अब लगभग समाप्त भएको छ ।

नेपालमा पनि अब आउला कि भन्ने प्रश्न भन्दा आएको अवस्थामा कसरी जुध्ने भन्ने प्रश्न बढी सान्दर्भिक भइसकेको छ । उसो भए महामारी भित्रिएको अवस्था कत्तिको डरलाग्दो होला त ? चीनमा सुरुका ४५ हजार बिरामीमा गरिएको अध्ययन अनुसार, कोभिड-१९ भाइरसको मृत्युदर २.३ प्रतिशत जति छ ।

त्यो यस अगाडिको सार्स (१० प्रतिशत) र मर्स (३० प्रतिशत) भन्दा कम हो, तर इन्फ्लुएन्जाकै अरू प्रजातिले गराउने मौसमी रुघाखोकी (बढीमा ०.१ प्रतिशत) भन्दा निकै बढी हो । स्पेनिस फ्लुको मृत्युदर पनि २.५ प्रतिशत हाराहारी मात्रै थियो । तर झन्डै ४०,४५ करोड मानिसलाई संक्रमित गरेकाले उक्त महामारीका कारण करोडौं मानिस प्रभावित भएका थिए ।

नेपालमा अझ केही साता ढिलो गरेर संक्रमण भित्रियो भने मौसम हाम्रा लागि अनुकूल हुन सक्नेछ किनकि कोरोना भाइरसको फैलावट र जटिलता जाडोमा बढी हुने गर्छ । कुनै पनि मौसमी रोगसंग मौसम अनुसार नै तयार हुन सक्नुपर्छ । गर्मी मौसममा यो रोग सर्ने सम्भावना न्युन छ ।

रोग लाग्नुको पछि सवैभन्दा ठूलो लापरबाही हो । जबसम्म हामीले यो रोगबाट बच्न खानपिन सरसफाईमा ध्यान पुराउन सक्दैनौं तबसम्म केहि भन्न सकिदैन । अदुवामा खोकी तथा चिसो भगाउने प्राकृतिक गुण नै हुन्छ । यसले यसले घाँटीभित्र हुने संक्रमणलाई पनि कम गर्छ ।

अदुवामा पर्याप्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ र एन्टी भाइरल तथा एन्टी ब्याक्टेरियल औषधिको काम गर्छ । अदुवामा ओलेओरेसिन नामको एक यौगिक पाइन्छ जसले खोकी तथा चिसोको समस्या हटाउनमा लाभदायक हुन्छ । मह पनि औषधिय गुणले युक्त हुन्छ ।

स्वास्थ्य ठिक होस् भन्नाका लागि इम्युनोसिस्टम मजबुत हुने खालको खाना खानु राम्रो हुन्छ । धुलो धुवा धुम्रपान जाड, रक्सीबाट आफुलाई बचाउन सके कोरोना भाइरसबाट बचेको महसुस गर्नुपर्दछ । स्वास्थ्य जस्तो अमुल्य उपहार अरू केही छैन ।

यो पनि पढनुहोस्

चीनको वुहानमा डिभोर्सको घटना बढे

नोबेल कोरोना भाइरसका कारण डाक्टर जोखिममा

नोबेल कोरोना भाइरसबारे छोटो उपयोगी जानकारी

कोरोना भाइरसको उपचारमा असुरो साबित भएको छ उपयोगी औषधि

कोरोना भाइरसको भविष्यवाणी गर्ने व्यक्ति को हुन् र कहिले भएको थियो ?

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !