२० जेष्ठ २०८१, आइतबार

नेपाली बजारमा फेस मास्कको अभाव र कालोबजारी


मास्क
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपालका नागरिकले चीनबाट मास्क नआउदासम्म मास्क नपाउने भन्दा आश्चर्य अनुभव भएको छ । नेपाल जस्तो देश परनिर्भरमा परेको मास्कले देखाएको छ । नेपालमा मास्क सम्म पनि उत्पादन गर्न नसक्ने भन्दा दु:ख लागेर आएको छ ।

नेपाली बजारमा मास्कको अभाव देखाउँदै व्यापारीले कालोबजारी शुरु गरेका छन् । कोरोना भाइरसको त्रास बढेर सर्वसाधारणले मास्क प्रयोग गर्न थालेपछि मास्क व्यापारीले कालोबजारी सुरु गरेका हुन् । संक्रमणबाट जोगिनको लागि उपयुक्त मानिने मास्क (एन नाइन्टि फाइभ) नेपाली बजारमा पाइन समेत छोडेको छ ।

मास्क प्रतिगोटा १० गुणासम्म बढाएको सर्वसाधारणको गुनासो देखिएको छ । गुणस्तरी मास्क उत्पादन हुने चीनमा नै कोरोनाको संक्रमण बढेपछि नेपालमा मास्को अभाव भएको देखिएको छ । यसरी मौकामा फाइदा लुट्ने व्यापारीहरुले मास्क लुकाएर अभाव देखाउँदै चर्को मुल्यमा व्यापार गरिरहेका छन् ।

कोरोनाको त्रासबाट गुज्रिरहेका सर्वसाधारण माथि लुट्न सके लुट कान्छा मौका यहि हो लुट भन्ने चरितार्थ भएको देखिएको छ । यस्ता कालो बजारी गर्ने लुटेराहरुलाई तुरुन्तै नियन्त्रणमा लिएर कडा भन्दा कडा सजायको व्यवस्था गर्न आवस्यक देखिएको छ । चीनको वुहान प्रान्तमा फेला परेको नोबेल कोरोना भाइरस विश्वको ७७ देशमा फैलिएको छ । कोरोना भाइरस संक्रमित ३४९५ जनाको मृत्यु भईसकेको छ भने विश्वभर १ लाख २२२४ जना संक्रमित भएका छन् ।

यस्तो अवस्थामा कालो बजारी गरेर कृतिम अभाव श्रीजना गर्नु सामाजीक अपराध हो भन्दा खासै फरक छैन । अहिले नबुझे कहिले बुझ्ने देशमै मास्क उत्पादन गर्न सकेको भए यस्तो अवस्था सम्म जनता पुग्न सक्ने थिएनन् । हामीले केही गर्न नसक्नु दुर्भाग्य देखिएको छ । यसतर्फ सबैको ध्यान पुग्न आवश्यक छ ।

कोरोना भाइरसको बारेमा जनहितमा जारी सन्देश

यो पनि पढनुहोस् 

कोरोना भाइरसको बारेमा रोचक जानकारी

औषधिको राजा मानिने असुरोमाथि शुरु गरौ अनुसन्धान

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना

कोरोना भाइरसको संक्रमणमा असुरो पछिको दोस्रो उपयोगी हुनसक्ने औषधि रुदिलो

कोरोना भाइरसको उपचारमा समेत उपयोगी हुन सक्ने असुरोको बारेमा रोचक जानकारी

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !