१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया शुरु


प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया शुरु

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि शल्यक्रिया शुरु भएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री ओलीलाई शल्यक्रियाका लागि अपरेशन थिएटरमा लगिएको जानकारी दिएका छन् ।

बिहान १० बजेर २ मिनेट जाँदा शल्यक्रिया कक्षमा लगिएको अस्पताल स्रोतले जनाएको छ । शल्यक्रियाका लागि कति समय लाग्ने यकिन नभएको बताउँदै उनले समय-समयमा प्रगतिबारे अपडेट गराइरहने डा. खड्गाले बताएका छन् ।

मिर्गौला प्रत्यारोपण गर्न करिब ५ घण्टा लाग्ने अस्पतालले जनाएको छ । अस्पतालका प्रा. डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण शुरु गरेको हो ।

मिर्गौला प्रत्यारोपणअघि उहाँको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो ।

उहाँलाई उहाँकी भान्जी समीक्षा सङ्ग्रौला कोइरालाले मिर्गाैला दान गर्नुहुनेछ । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु