११ जेष्ठ २०८१, शुक्रबार

नेपाल वैकल्पिक चिकित्सा विकास परिषद जिल्ला नवलपरासी सुस्ता पूर्वको कोरोना भाइरसको बारेमा जनहितमा जारी सन्देश


नोवल कोरोना भाइरस
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपाल वैकल्पिक चिकित्सा विकास परिषद जिल्ला नवलपरासी सुस्ता पूर्वको कोरोना भाइरसको बारेमा जनहितमा जारी सन्देश

कोरोना भाइरसको लक्षण

रूघा, खोकी, ज्वरो आउने तथा श्वासप्रशवासमा समस्या देखापर्ने हुन्छ । संक्रमण बढ्दै जाँदा निमोनिया श्वासप्रश्वासमा असर हुनुको साथै मृगौला फेल भई मृत्युसम्म हुन सक्ने देखिएको छ ।

संक्रमणबाट बच्न अपनाउनुपर्ने केहि उपायहरू

१. श्वासप्रश्वास सम्बन्धी बिरामीहरूको सम्पर्कबाट टाढै बस्ने ।
२. नियमित रुपमा साबुन पानीले कम्तीमा २० सेकेण्डसम्म हात धुने । अल्कोहलयुक्त ह्याण्ड स्यानिटाइजर्स परयोग गर्ने ।
३. कसैसंग हात मिलाउदा छोएको हात नधोइ आँखा, कान र मुखमा नलग्ने नछुने ।
४. अत्यावश्यक अवस्थामा बाहेक भिडभाड हुने स्थानमा नजाने ।
५. भिडभाडयुक्त ठाउँमा जाँदा नाक र मुख छोप्ने सुरक्षित तरिकाले मास्कको प्रयोग गर्ने ।
६. हाच्छ्यु या खोक्दा मुख र नाक छोप्ने सोको लागि प्रयोग गरेका वाइप्स राम्रोसँग नष्ट गर्ने गराउने ।
७. जँगली पशु तथा घरपालुवा पशुपंक्षीको सम्पर्कबाट टाढा रहने । असुरक्षित सम्पर्कबाट सकेसम्म आफुलाई बचाउने ।
८. पशुजन्य मासु र अण्डा राम्रोसंग पकाएर मात्र खाने ।
९. आफू विरामी भएको बेला घरमा छुट्टै कोठामा बस्ने ।
१०. यो रोगमा शरीरको इम्युन सिस्टम कमजोर हुने हुनाले क्षमता बृद्धि गर्न पोषणयुक्त खानपिन र भिटामिनमा जोड दिने साथै हरियो सागसब्जी गेडागुडी बढी सेवन गर्ने हल्का व्यायम गर्ने आराम गर्ने ।
११. अस्वस्थ शरीर भएमा र श्वासप्रश्वास सम्बन्धित समस्या देखिएमा यात्रा नगर्ने ।
१२. रोगको लक्षण देखिएमा नअत्तालिकन तुरुन्तै चिकित्सकको परामर्श लिएर उपचार गर्ने ।

नोट : रूघा, खोकी, टाउको दुख्ने समस्या देखिएमा घरेलु औषधि असुरोको पातको रस एक चमचमा एक गिलास पानी राखेर पकाउने र हल्का मनतातो भएपछि मह थोरै मिलाएर सेवन गरेमा केहि रोकथाम गर्न सक्छ । यो पूर्ण उपचार भने होइन ।

कोरोना भाइरसको बारेमा जनहितमा जारी सन्देश

यो पनि पढनुहोस् 

कोरोना भाइरसको बारेमा रोचक जानकारी

औषधिको राजा मानिने असुरोमाथि शुरु गरौ अनुसन्धान

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना

कोरोना भाइरसको संक्रमणमा असुरो पछिको दोस्रो उपयोगी हुनसक्ने औषधि रुदिलो

कोरोना भाइरसको उपचारमा समेत उपयोगी हुन सक्ने असुरोको बारेमा रोचक जानकारी

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !