१४ बैशाख २०८१, शुक्रबार

पिनास र यसको प्रभावकारी उपचार


पिनास
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पिनास विषेशगरी जाडो मौसममा हुने एउटा समस्या हो । यसबाट आफुलाई कसरी बचाउन सकिन्छ भन्ने कुरा जान्न आवश्यक छ । आघा टाउको दुख्नासाथ हामीलाई पिनास भएको हुनसक्छ । टाउको दुख्ना साथ पिनास भयो भन्दै औषधि खाई हाल्ने प्रचलन आज सामान्य भइसकेको छ ।

औषधि खानुभन्दा पिनास कसरी हुन्छ यसको प्रमुख कारण के हो भन्ने जानकारी प्राप्त हुन आवश्यक छ । कुनै पनि रोगको आक्रमण मौसम अनुसार हुने गरेको हुन्छ । आजको लेखमा पिनासको लक्षण र यसका प्रमुख कारणबारे प्रकाश पार्नेछौं ।

पिनास भनेको नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएर श्वास प्रश्वासमा बाधा पुर्‍याउने एक किसिमको रोग हो । जसलाई ‘साइनोसाइटिस’ भनिन्छ । जब कुनै व्यक्तिलाई रुघा तथा एलर्जी हुन्छ, अनि यी साइनसमा सिँगान भन्ने तरल पदार्थ भरिन्छ र त्यहाँका पातला झिल्लीबाट बनेका तहहरु सुन्निछ । जहाँ ब्याक्टेरिया एवं भाइरस विकसित भई पिनास भन्ने रोग उत्पन्न हुन्छ ।

पिनास दुई प्रकारका हुन्छन्:

१. एक्युट साइनोसाइटिस (पिनास)

३० दिन भन्दा कमको पिनास/१० दिन भन्दा कम समयसम्ममा रहने प्राय: भाइरल संक्रमणका कारणले हुने गर्दछ, भने १० दिन भन्दा बढी रहेमा, त्यो पिनास व्याक्टोरियल संक्रमणका कारण हुने गर्दछ भन्ने सम्भावना बढी रहन्छ ।

२. क्रोनिक साइनोसाइटिस (पिनास)

३ महिना वा १२ हप्ता भन्दा बढी रहने पिनास प्राय गरेर एलर्जीक व्यक्तिहरुको नाकभित्र मासु पलाएको पोलिपहरुको अवस्थामा देखिने गर्दछ ।

पिनासबाट बच्ने उपायहरु

पिनासको उपचार समयमा गर्न नसके ठूलो समस्या निम्ताउन सक्छ । टाउको दुख्ना साथ पिनास नै हो भन्ने हाम्रो प्रचलन छ । यसो गर्दा पिनास आफै निको हुन सक्छ । पिनासबाट बच्ने उपायहरु निम्न अनुसार छन् ।

१. तातो झोल पदार्थ प्रशस्त पिउने तातो र न्यानो खाना खाने
२. चिसो मौसमबाट बच्ने नाक, शिर र मुहारलाई प्रत्यक्ष चिसोबाट बचाउने
३. प्रशस्त पानी पिउने
४. नाक, मुखलाई धुवाा, धूलोबाट बचाउन माक्स प्रयोग गर्ने
५. केरा, सुन्तला, भूईकटहर जस्ता फलफूल नखाने
६. दुग्ध पदार्थ अत्यन्त कम खाने
७. भुटेको, तारेको चिल्लो तथा चिसो पदार्थ नखाने
८. नियमित प्राणयाम तथा व्यायाम गर्ने
९. अत्तर तथा सुगन्धीत वस्तुको ज्यादा प्रयोग नगर्ने
१०. धूम्रपान त्याग्ने तुलसी एवं बेसार पानी पिउने र बाफ लिने

उपचार

जाडो मौसमा हुने यस्ता रोगको उपचार एण्टिवायोटिक औषधि होइन सामान्य औषधिको प्रयोगवाट पनि यो रोग निको हुनसक्छ । आजको लेखमा मैले केही आयुर्वेदिक र होम्योपैथीक औषधिबारे जानकारी पस्कनेछु । पढेर सेयर गरेर सबैलाई निरोगी बनाउने काममा जुट्नु हुनेछ ।

१. शिर : शुलादिवज्र रस

Benefits Of Shir Shuladi Vajra Ras

यो औषधि केहि आयुर्वेदिक कम्पनीहरूले बनाएका छन् । मैले यस्ता थुप्रै रोगीहरूलाई यो औषधि खाने परामर्श दिने गरेको छु । यो औषधि वैद्यकिय निरीक्षणमा दिन सके पिनासको दोहोले बनाउदछ ।

मात्रा : १,२ गोली औषधि दिनमा २ पटक मनतातो पानीसंग दिनमा २ पटक खान सक्नुहुन्छ ।

२. Lemna Minor Q

यो औषधि होम्योपैथीक औषधि अन्तर्गत पर्दछ । उमेर अनुसार यो औषधि दिएमा टाकको सवै समस्या यसले हल गर्छ । नाकमा मासु पलाएको छ वा नाक बन्द भएको छ सवैमा यो औषधि उपयोगी छ । यो औषधि होम्योपैथीक फार्मेसिमा उपलब्ध छ । १०,१५ थोपा औषधि आधा गिलास पानीमा राखेर खान सक्नु हुन्छ ।

नोट : पिनास भए नभएको जानकारी केवल डाक्टरलाई हुने हुनाले परामर्श लिएर औषधि सेवन गर्न सक्नुहुन्छ ।

यो पनि पढनुहोस्

गाईको घिउबाट गरिने रोगको उपचार

भिटामिन बढी वा कम भए के हुनसक्छ ? जानी राखौ

रूघाको उपचार औषधि होइन ध्यान दिन सक्नुपर्छ खानपानमा

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !