१५ बैशाख २०८१, शनिबार

तपाईलाई खोकी लाग्छ भने दालचिनीको धुलो पानीमा पकाएर खानुहोस्


दालचिनीमा भएको पिरो पिरो स्वादमा औषधीयुक्त गुण रहन्छ । दालचिनी र अलैँची दुबै मिसाएर प्रयोग गर्नाले भोजन पचाउन र पोषणमा मदत गर्छ । यस्ता समस्यामा दालचिनीले फाइदा गर्छ ।

  • वाकवाक लाग्दा

एउटा सानो टुक्रा दालचिनी मुखमा राखेर चुसिरहने । खासगरी गर्भावस्थामा, मोटर चढेको बेला, गर्मी बढी हुँदा दालचिनी चुस्दा फाइदा हुन्छ ।

  • झाडापखाला लाग्दा 

एक चम्चा जिराको धुलो, एक चम्चा अदुवाको धुलो र एक चम्चा दालचिनिको धुलो महमा मिसाएर लेदोजस्तो बनाने, दिनको तीन चोटी एकएक चम्चा खाँदा फाइदा पुग्छ ।

  • मुख गन्हाउँदा

दालचिनीलाई मसिना टुक्रा पारेर एक चम्चा पानीमा भिजाएर उमाल्ने र त्यस पानीले बारम्बार मुख कुल्ला भिजाएर उमाल्ने र त्यस पानीले बारम्बार मुख कुल्ला गर्ने साथै मुखमा दालचिनी वा सुप राखेर चुस्दा मख गन्हाउने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

  • सुत्केरीको दूध बढाउन

आधा चम्चा दालचिनीको धुलो राखि एक कप दूधमा मिसाएर खाँदा फाइदा हुन्छ ।

  • खोकी लाग्दा

अदुवाको धुलो र एक चौथाइ चिया चम्चा दालचिनीको धुलो पानीमा पकाउने, पानी उमालेपछि कागती र मह पनि हालेर खादाँ स्वाद बढनुको साथै चिसो हटाउन पनि मद्धत गर्छ ।

  • चिसो लागेर घाँटी दुख्दाँ

आधा चिया चम्चा दालचिनी र आधा चिया चम्चा मरिच पानीमा मिसाएर उमाल्ने र मह र कागती मिसाएर पिउन घाँटी दुख्न कम हुन्छ ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !