१४ बैशाख २०८१, शुक्रबार

घामवाट छाला जोगाउननको लागि काँक्रो बन्छ उपयोगी !


kakro

काँक्रोमा ९५ प्रतिशत पानी हुने भएकाले यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन । साथै काँक्रोमा भिटामिन बी, सी का साथै पोटासियम, फस्फोरस तथा आइरन जस्ता तत्व पनि पर्याप्त मात्रामा पाइन्छ । काँक्रो छाला र कपालका लागि अत्यन्तै उपयोगी मानिन्छ, यसमा पाइने बिटा करोटिनले कपाललाई मजबुत बनाउन र छालालाई नरम बनाउन मद्दत गर्दछ । गर्मी समयमा घामले डढेर छालाको कतिपय भाग कालो हुने गर्दछ। घामले डढेर छाला कालो भएको छ भने काँक्रोको रस निकाल्नुहोस् र त्यसमा कागतीको रस लगाउनुहोस् । अनि त्यसलाई १५ मिनेटसम्म छालामा लगाएर छोडिदिँदा त्यस्तो दाग हट्छ ।

काँक्रोको नियमित खानाले कब्जियत, पेटमा ग्यास भरिने जस्ता समस्या कम गर्न सहयोग गर्नुका साथै पोलेको ठाउँमा काँक्रोको पातलो टुक्रा दल्नाले दुखाइ कम हुनुका साथै फोका उठ्नबाट बचाउने गर्दछ । महिनावारीको गडबडी हुने महिलाहरुका लागि पनि काँक्रोको सेवन लाभदायी हुन्छ । काँक्रोलाई टुक्रा बनाएर दहीमा बिरे नुन, मरिच, जिरा, पुदिना आदि मिसाएर खाँदा महिनावारी नियमित हुनुका साथै महिनावारीका बेला हुने दुखाइ पनि कम गर्ने गर्दछ । (एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस्

काँक्रो खाँदाको फाइदा

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !