७ बैशाख २०८१, शुक्रबार

काँक्रो खाँदाको फाइदा


kakro

काँक्रो गर्मि मौसममा धेरै लाभदाहि मानिन्छ । यसमा ९६ प्रतिशत पानि हुन्छ । काक्रा हामी तेतिकै खान सक्छौ भने यसलाई आचार बनाएर पानी खान सकिन्छ । कहिँ गर्मिमा हिनेर गलेको आवस्था छ भने काक्रा खादा निकै आनन्द महसुस हुन्छ । साथै काँक्रोका अन्य फाइदाहरु पनि छन् ।

काँक्रो खाँदाको फाइदाहरु:
१. काँक्रोले युरिक एसिडको लेभललाई पनि घटाउँछ ।
२. पोषण र पानी पाइने भएकाले काँक्रोले तौल घटाउँन पनि मद्दत गर्छ ।
३. मुख र गिजालाई ताजा राख्न र गिजाका समस्या समाधान गर्न पनि यसले सहयोग गर्छ ।
४. यसमा पाइने फाइबर र पानीले खाना पचाउँन सहयोग गर्छ ।
५. मिर्गौलाको पत्थरीको लागि यो निकै लाभकारी मानिन्छ ।
६. काँक्रोमा पाइने तत्वहरुले क्यान्सरसँग लड्न मद्दत गर्छन् ।
७. यसले खराब कोलेस्टेरोल पनि घटाउन मद्दत गर्छ ।
८. काँक्रोको बोक्रामा म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन् । यहीकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ ।
९. काँक्रोमा पाइने सिलिका कपाल, नङ र छालाका लागि महत्वपूर्ण मानिन्छन्, त्यसैले काँक्रो सौन्दर्यता बढाउँने खाद्यपदार्थ हो ।
१०. काँक्रोमा पाइने भिटामिन ए, बि र सिले रोगप्रतिरोधी क्षमता वृद्धि गर्छ र अल्छी लागेको बेला काँक्रो खाने हो भने त्यसले धेरै उर्जा दिन्छ ।
११. रक्तचापलाई स्थिर राख्न पनि यसले मद्दत गर्छ ।
१२. काँक्रोको चानाले आँखाको रातोपना र सुन्निएको घटाउँन सहयोग गर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !