८ बैशाख २०८१, शनिबार

कोलस्ट्रोलको मात्रा घटाउने उपायहरु


मानव शरीरमा कोलस्ट्रोलको मात्रा अत्याधिकभयो भने विभिन्न रोग लाग्न सक्छ । रगतमा कोलस्ट्रोल बढ्नु मुटुका लागि हानिकारक मानिएको छ । यसका अलावा क्यान्सरका लागि झनै घातक सावित भएको छ । जानी राखौं रगतमा कोलस्ट्रोलको मात्रा घटाउन कस्तो खाद्य पर्दाथ खानु पर्दछ जसबारे तल उल्लेख गरिएको छ ।

  • शाकाहारी खानापान कोलस्ट्रोल हटाउने सबैभन्दा उत्तम उपाय हो । किनकि, शाकाहारी खानामा कोलस्ट्रोलको मात्रा अति कम हुन्छ ।
  • मासु, कलेजो, अन्डाको पहेँलो भाग, दूध, घिउ, मख्खन आदि अत्यधिक कोलस्ट्रोल भएका खाद्यपदार्थ कम मात्र सेवन गर्नुपर्छ ।
  • धेरै चिल्लोपदार्थ पनि खानुहुँदैन । सूर्यमुखी, मकै, भटमास, शुद्ध तोरी आदिको तेल ठीक मात्रामा प्रयोग गर्नुपर्छ । त्यस्तै, काजु, बदामजस्ता नट्स सेवन गरेमा हाम्रो शरीरलाई आवश्यक तेल स्वतः परिपूर्ति हुन्छ ।
  • माछा, कुखुरा र टर्की आदिको मासुमा कम बोसो हुने कम मामात्र खानु पर्छ ।
  • खसी, बोका, भेडा, च्यांग्रा, बँदेल, बंगुर आदिको मासुमा अत्यधिक स्याचुरेटेड फ्याट हुने हुँदा यिनको मासु नखाएकै उत्तम हुन्छ ।
  • खाना पकाउँदा तेल कम राख्ने तथा दाल, भटमास, सिमी, मटर आदिमा पाइने प्रोटिनमा बढी जोड दिने गर्नुपर्छ ।
  • सागपात, हरियो तरकारी, फलफूल, गहुँ , चामल र दाल अत्यन्त फाइदाजनक छन् । यिनीहरूको उपयोग प्रशस्त मात्रामा गर्ने ।
  • माछाको तेल, सिमी, बोडी, भटमास, ओखर, कागती, बदाम आदिबाट तयार पारिएका पदार्थ खानामा प्रयोग गर्नुपर्छ । यसले कोलस्ट्रोलको नकारात्मक असरलाई कम गर्छ ।
  • बेलुकाको खाना अलि सबेरै (७ बजे) खानु उपयुक्त हुन्छ । खाना खानेबित्तिकै सुत्नु हानिकारक हुन्छ । (एजेन्सीको सहयोगमा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !