२६ बैशाख २०८१, बुधबार

स्वास्थ्य शिविरमा ३५१ को स्वास्थ्य परीक्षण


।

१४ पुस, काठमाडौँ । बेबिलोन नेशनल स्कूल, शान्तिनगर र पद्मावती बचत तथा ऋण सहकारी संस्था नःबहाल, ललितपुरको आयोजनामा आज विद्यालय हातामा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

जनरल, आँखा, नाक, कान, घाँटी, दन्त, छाला तथा चर्मरोगसम्बन्धी विशेषज्ञले निःशुल्क सेवा दिएको शिविरमा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय बासिन्दा गरी ३५१ को स्वास्थ्य परीक्षण गरी उपलब्ध भएका औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।

शिविरमा आएकामध्ये अधिकांश छाला तथा चर्मरोगसँग सम्बन्धित र केटाकेटीमा दाँतको समस्या धेरै भेटिएको कार्यक्रम संयोजक टीकाप्रसाद सुवेदीले बताउनुभयो । विद्यार्थीलाई पढाउने मात्र नभई विद्यालयले समाजप्रतिको दायित्वसमेत निभाउँदै आएको उल्लेख गर्दै विद्यालयका प्रधानाध्यापक राजु राईले सोहीअनुसार विभिन्न समयमा स्वास्थ्य शिविर तथा रक्तदानजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

‘जीवनको सार स्वस्थताको बहार’ भन्ने नाराका साथ आयोजित सो निःशुल्क स्वास्थ्य शिविरमा पद्यमावती स्वास्थ्य केन्द्र नःबहाल, ललितपुरका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा दिएका थिए । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !