२४ बैशाख २०८१, सोमबार

मनसुनको समयमा डेटलाई अझ रोमान्टिक बनाउने उपायहरु


माया

मनसुन धेरैलाई मन पर्ने समय हो । अझ प्रेमी जोडीका लागि यो समय निकै रोमान्टिक मानिन्छ । यदि तपाई मनसुनको समयमा आफ्नो डेटलाई थप रोमान्टिक बनाउन चाहनुहुन्छ भने यी केही टिप्स तपाईका लागि निकै सहयोगी बन्ने छ ।

  • व्यस्त र तनावले भरिपूर्ण जीवनबाट राहत पाउनका लागि वर्षातको समय सबैभन्दा उत्कृष्ट मानिन्छ । वर्षातको समयमा आफ्नो प्रेमी साथीसँग लामो यात्रामा निस्कनु भयो भने अवश्य पनि यसले तपाईको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ ।
  • वर्षातको समयमा हलुका चिसो मौसममा आफ्नो प्रेमी साथीसँग उसको मनपर्ने खानाले तपाईको डेटलाई निकै अविस्मरणीय बनाउँछ ।
  • यदि तपाईको स्वभाव लजालु छ र वर्षातको समयमा गाडीमा तपाईसँग तपाईकी प्रेमी साथी छ भने गाडीमा रोमान्टिक गीत बजाउनुहोस् । यसले तपाईको मनभित्रको कुरालाई उसम्म पुर्‍याउन सहयोग गर्दछ ।
  • असार साउनको अत्याधीक गर्मीको बीच जब वर्षा हुन्छ, तब जोकोहीको मन त्यसमा भिज्नलाई उत्साहित हुन्छ । त्यस्तो पानीमा भिज्दा तपाईभित्रको सम्पूर्ण तनावहरु पनि टाढा भाग्छ । यदि तपाई डेटमा हुनुहुन्छ भने वर्षामा आफ्नो प्रेमी साथीसँग भिज्न नछुटाउनुहोस् । यसले सम्बन्धलाई बलियो र साथै बिताएका क्षणहरुलाई स्मरणीय बनाउँछ । एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !