२४ बैशाख २०८१, सोमबार

हाम्रो स्वास्थ्यलाई स्वस्थ राख्नको लागि यी विरुवा लगाउनुहोस् घरभित्र


Capture

नासाको एउटा अनुसन्धानले घर भित्र लगाइने विरुवाले कार्बनडायोक्साइडलाई अक्सिजनमा बदल्नुको साथै क्यासरजस्तो प्राणघातक रोगको कारण बन्ने बेंजिन र फर्मेल्डिहाइड जस्ता ग्यासहरुलाई शुद्धिकरण गर्ने बताएको छ । वैज्ञानिकका अनुसार हरेक व्यक्तिलाई प्रतिघण्टा ५० लिटर अक्सिजन आवश्यक पर्छ । विरुवाको एउटा पातले प्रतिघण्टा पाँच मिलिलीटर अक्सिजन उत्सर्जन गर्छ । आवश्यक अक्सिजन पूर्तिका लागि एउटा कोठमा कम्तिमा दश हजार पातहरु हुन आवश्यक छ । लगभग तीन सयदेखि पाँच सय विरुवाहरुले मात्र आवश्यक मात्रामा अक्सिजन दिनसक्छ । आज हामी तपाईलाई केही त्यस्ता विरुवाहरुको बारेमा बताउँछौं जसले हावालाई शुद्धिकरण गर्ने र अक्सिजन उत्सर्जन गर्ने काम गर्छ ।

  • बाँस्टन फर्न

बाँस्टन फर्नलाई लगाएपछि धेरै स्याहारको आवश्यक पर्छ । यसलाई थोरै ओसिलो स्थानमा सूर्यको किरणहरुबाट बचाएर राख्नुपर्छ । यसलाई डाइनिङ या बाथरुममा राख्न सकिन्छ । यसका पातले कोठालाई सजाउनुको साथै त्यहाँ रहेका विशाक्त हावाहरुलाई शुद्धिकरण गर्ने काम गर्छ ।

  • एलोवेरा

एलोवेराका फाइदाहरुबाट कोही अनविज्ञ छैनन् । यो विरुवाका लागि धेरै पानीको आवश्यक पर्दैन । यसलाई कोठामा सजावटका लागि साथै हावा शुद्धिकरणका लागि पनि लगाउन सकिन्छ ।

  • एरेका पाम

एरेका पामले कार्बनडायोक्साइडलाई अक्सिजनमा बदल्ने काम गर्छ । यसको स्याहारका लागि पातहरुलाई दैनिक सफा गर्नुपर्छ । तीन/चार महिनाको अन्तरालमा यसलाई एकपटक घामको किरण देखाउनुपर्छ । यसलाई रोप्नका लागि नरम माटोको प्रयोग गर्नुपर्छ । सतहभन्दा थोरै तल माटो सुख्ख हुनुवित्तिकै विरुवालाई पानी दिनुपर्छ ।

  • मनी प्लान्ट

मनी प्लान्ट एक किसिमको लहरादार विरुवा हो । यो विरुवा एकदमै कम किरणमा पनि बाँच्न सक्छ । यसलाई पानी र माटो दुबैमा उमार्न सकिन्छ । यसमा हावामा रहेको कार्बनडायोक्साइडलाई लिन र अक्सिजन उत्सर्जन गर्नसक्ने क्षमता हुन्छ । यसले हामीले लिने हावालाई शुद्धिकरण गर्न सहयोग गर्छ ।

  • पाइन प्लान्ट

घरको हावालाई शुद्ध बनाउनका लागि देवदारको विरुवा निकै प्रभावकारी मानिन्छ । यसका पातहरु साना हुन्छन् । यसलाई धेरै स्याहारको आवश्यक पर्दैन । तर समय समयमा यसको काँटछाँट गर्नुपर्छ ।

  • स्नेक प्लान्ट

सर्प विरुवाको नामले परिचित विरुवाले तपाईको कोठाको सौन्दर्यता बढाउनुको साथै कोठामा घुम्ने विशाक्त प्रदुषित हावालाई सफा गर्ने काम गर्छ । यसलाई बढाउनका लागि घामको थोरै किरण पनि काफी हुन्छ । साथै यसलाई पानीको पनि धेरै आवश्यक पर्दैन । यसलाई घर तथा अफिस केबिनमा लगाउन सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !