८ बैशाख २०८१, शनिबार

हाम्रो स्वास्थ्यमा हुने एलोभेराका वेफाइदाहरु


elovera

सामान्यतय हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै आएका छौं । तर के तपाईले यसबाट शरीरमा पर्ने नकरात्मक प्रभावबारे सुन्नु भएको छ ? विभिन्न समस्याका लागि रामबाण साबित हुने एलोभेराका पनि धेरै वेफाइदाहरु छन् ।

  • एलोभेरामा पाइने लैक्सेटिवले तपाईलाई विभिन्न नकरात्मक प्रभावहरु पार्न सक्छ । एलोभेरा छालाका लागि वरदान सावित हुन्छ भने कतिपय अवस्थामा यसको प्रभाव उल्टो पर्न जान्छ । यसको अत्याधीक प्रयोगले छालामा बिबिरा, रातोपना र चिलाउने समस्या आउन सक्छ ।
  • एलोभेराको दैनिक सेवनले रक्तचाप कम हुन्छ । उच्च रक्तचाप समस्या भएकाहरुलाई यसको सेवन फाइदाजनक हुन्छ तर न्युन रक्तचापका लागि यो विष साबित हुनसक्छ ।
  • मुटु सम्बन्धी समस्या भएका मानिसहरु एलोभेराको सेवनबाट टाढा रहनुपर्छ । यसको दैनिक सेवनले अनियमित धड्कन र कमजोरीको समस्या हुन्छ ।
  • यदि तपाईलाई कब्जियत वा मलमुत्रको समस्या छ भने एलोभेराको जूस सेवन गर्नबाट बच्नु उपयुक्त हुन्छ । एलोभेरा जूसमा पाइने लैक्सेटिवले इरिटेबल बावेल सिंड्रोमको समस्या बढाउँछ । यसको सेवनले पखाला, पेट दुख्ने र लूज मोशनको स्थिति आउन सक्छ ।
  • एलोभेराको सेवनले शरीरमा पानीको कमि वा डिहाइड्रेशन उत्पन्न गराउन सक्छ । एलोभेरामा पाइने लैटेक्सले शरीरको मांशपेशीलाई कमजोर बनाउँछ । यसकारण चिकित्सकको सल्लाह बिना यसको सेवन गर्नु हुँदैन ।
  • गर्भवती महिलाले यसको सेवन गर्नु हुँदैन । यसमा पाइने लैक्टेटिंग प्रोपर्टीले गर्भवती महिलामा समस्या ल्याउन सक्छ । यसको सेवनले पाठेघर साँघुरो हुनसक्छ, जसले गर्दा बच्चा जन्मने क्रममा समस्या आउँछ । एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !